TodayPati

पर्सामा चट्याङ लागेर एकजनाको ज्यान गयो, अर्का एक घाइते

टुडेपाटी-
पर्सा, जेठ १७ गते ।

पर्सामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । पर्साको एकटाँगामा शनिबार बिहान ८ बजे पानीसँगै आएको हावाहुरी र चट्याङ लागेर एकजनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुुसार मृतकको पहिचना खुल्न सेकेको छैन । पर्साकै अर्का एकजना घाइते भएका छन् ।

आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले उनको मृत्यु भएको स्थानीयले बताएका छन् । एकटाँगा प्रहरी चौकीबाट गएको प्रहरी टोली घटनास्थल जाँदै गएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । स्थानीयले भने मृत्यु भएका स्थानीय ४२ बर्षीय रामबाबु महतो रहेको जनाएका छन् ।

Sponsored

बेहोस भएका अर्का व्यक्ति लालबाबु महतो रहेको उनीहरुको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *