TodayPati

रौतहटमा प्रहरीमाथि आक्रमण गर्ने वडाध्यक्ष गिरि पक्राउ

टुडेपाटी-

रौतहट, जेठ १७ गते ।

रौतहटमा प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरिएको छ ।आक्रमणको आरोपमा रौतहटको गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरिलाई प्रहरीले पक्राउ गरिएको हो ।

Sponsored

भारतको विभिन्न सहरबाट गुजरा आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाअध्यक्ष गिरिले माबी कनकपुरमा लग्नु पर्छ भनी अडान गरेपछि शुक्रबार साँझ विवाद सुरु भएको थियो । 

बिहिवार साँझ आएका उनीहरुलाई शुक्रबार साँझ सिम्राभवानिपुरस्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडाअध्यक्ष गिरिबीच भनाभन भएको स्थानीय शेख बदरुदिनले जानकारी दिए  । 

लगत्तै  प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

Sponsored

जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार प्रहरीले भीड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडाअध्यक्ष पवनराज गिरि पक्षका मानिसहरुले प्रहरीटोली माथि ढुङ्गा मुढा सुरु गरेको थियोे ।

आक्रमणमा इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष गिरि पक्राउ परेको र एकजना अर्का फरार रहेको उनले बताए ।

गिरि हाल जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काको भनाइ छ । यसअघि रौतहटको इशनाथ,मौलापुर र कटहरियामा प्रहरी टोलीमाथि विभिन्न बहानामा आक्रमण भएको थियोे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *