TodayPati

कश्मिरमा तीन महिनादेखि बन्धक बनाइएका धनुषा, महोत्तरी र सर्लाहीका ३६ जना नेपालीको उद्धार

टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।

भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । धनुषा, महोत्तरी र सर्लाहीका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेकाबेला बन्धक बनाइएका उनीहरूलाई बन्धक बनाइएको थियो ।
बन्धक बनाएर काम गराउने दुईजना भारतीयलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा मुख्तकिम आलम र मो. साजाद छन् ।

मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।

Sponsored

उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । आफूहरूलाई मार्नेसम्मको धम्की दिएको धनुषाका रञ्जित चौधरीको दुखेसो छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *