TodayPati

मुख्यमन्त्री सिंहद्वारा बर्दिवासका आठ अस्पतालमा छड्के, पाँचलाई बन्द गर्न निर्देशन

टुडेपाटी-
जनकपुरधाम, फागुन १६ गते

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा अवैध रूपमा सञ्चालित पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।

शुक्रबार मुख्यमन्त्री सिंहले अनुगमन गरेका आठ अस्पतालमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालि आवश्यक अनुमति नलिई सञ्चालनमा रहेका कारण तत्काल बन्द गर्न आदेश दिएका हुन्।

मुख्यमन्त्री सिंहले ती अस्पतालका सञ्चालक तथा कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा गरी मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

त्यस्तै, अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई अनुमति नवीकरण गर्न निर्देशन दिइएको छ।

हाल निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डविपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू बन्द गर्ने नीति लिएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *