TodayPati

बटेश्वरमा महावीर झण्डा मेला

टुडेपाटी

जनकपुरधाम, चैत २८ गते ।

धनुषाको बटेश्वर गाउँपालिका ४ मा पहिलोपटक महावीर झण्डा मेला आयोजना भएको छ । श्री महावीर मेला महोत्सव समितिको आयोजनामा ८५ फीट अग्लो श्री श्री १०८ महावीर झण्डा मेला लगाइएको हो ।

मंगलबार १५ सय कलस शोभायात्रासहित झण्डा खडा गरी मेला प्रारम्भ भएको मेला समिति अध्यक्ष रामपुकार महतोले जानकारी दिए । गाउँवासीहरूले आर्थिक सहयोग संकलन गरी पहिलोपटक बटेश्वर बजारमा झण्डा मेला लगाएको उनले बताए ।

वैशाख २ गतेसम्म चल्ने झण्डा मेलामा सांस्कृतिक कार्यक्रमहरू, अल्हा उदलको नाच, झरीझरी लगायतका विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *