जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि शल्यक्रिया प्रभावकारी बन्दै
जनकपुरधाम, चैत २८ गते ।
महोत्तरीको ग्रामिण भेगमा संचालित जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि उपचार प्रभावकारी बन्दै गएको छ । महोत्तरीको पर्सादेवाडमा संचालित यस हस्पिटलमा न्यूरो सम्बन्धि कयौं सफल शल्यक्रिया गरेको व्यवस्थापक संजय यादवले बताए ।
उनका अनुसार सय बेडको स्वीकृति प्राप्त हस्पिटलमा सिटी स्क्यानको व्यवस्था छ । अनुभवी चिकित्सकबाट न्यूरो सम्बन्धि उपचार तजा शल्यक्रिाय समेत गर्ने गरेको व्यवस्थापक यादवको दावी छ ।
चैत ३ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएर भर्ना भएका सोनामा गाउँपालिका ७ का २१ वर्षीय सुजित यादवको टाउकोमा रगत जमेको थियो । उनको शल्यक्रिया गरी निको गरिएको चिकित्सक डा. मनिष महासेठले बताए ।
यस्तै चैत चैत १६ गते मोटरसाईकल दुर्घटनामै गम्भीर घाइते सोनमा ३ का ४७ वर्षीय रामइशर सहनीको समेत टाउकोको शल्यक्रिया गरी निको पारेको चिकित्सक महासेठको भनाइ छ ।
न्यूरो सर्जन डा. प्रध्युम्न यादवसहितको चिकित्सक टोलिले हप्तामा कम्तिमा दुईजना बिरामीको न्यूरो सम्बन्धि शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ ।