TodayPati

लुकेर बसेका दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ ।

उक्त घटनाका क्रममा प्रसाईंले प्रहरीमाथि गाडी चलाएका थिए र त्यसपछि उनी फरार भएका थिए । घटनापछि सम्पर्कविहीन बनेका उनी प्रहरीको तिव्र खोजीको लिस्टमा थिए

फरार भएको भन्ने प्रहरीको दाबीबीच प्रसाईंले सामाजिक सञ्जालमा भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफू लुकेर नबसेको बताउँदै आएका थिए। तर, सामाजिक सञ्जालमा सक्रिय देखिए पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। आगजनी र तोडफोडका घटना पनि व्यापक रूपमा भएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *