धनुषामा सासूको हत्या, बुहारी पक्राउ
टुडेपाटी-
धनुषा, माघ २२गते ।
धनुषाको जनकनन्दनी गाउँपालिका-५ उधामा सासूको हत्या आरोपमा बुहारी पक्राउ परेकी छन् ।
६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा उनकी ३५ वर्षीया बुहारी रक्षाकुमारी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घरायसी विवादका क्रममा भएको कुटपिटका कारण समुन्द्रीदेवीको घटनास्थलमै मृत्यु भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले मंगलबार राति रक्षाकुमारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
हाल घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।