TodayPati

महोत्तरीसहितका स्थानमा डकैती र अपहरणमा संलग्न माझी पक्राउ, जेल चलान

टुडेपाटी-
जनकपुरधाम, माघ २९ गते ।

नेपाल र भारतका विभिन्न स्थानमा डकैती, लुटपाट तथा अपहरण जस्ता गम्भीर आपराधिक घटनामा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्क नारायण माझी छन् ।

महोत्तरी र मोरङ प्रहरीले संयुक्त टोलिले उनलाई मोरङ ग्रामथान गाउँपालिका–२ बाट माघ २५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए ।

महोत्तरी प्रहरीका अनुसार माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए ।

पक्राउ परेपछि माझीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर अनुसन्धान गरी जिल्ला अदालत महोत्तरीमा पेश गरिएको थियो । अदालतको माघ २८ गयते आदेशअनुसार उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *