स्वाबलम्बन लघुबित्त बर्दिबास शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न
टुडेपाटी-
महोत्तरी, माघ ३० गते ।
स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेडको बर्दिबास शाखाले एक दिने वित्तीय साक्षरता तथा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।
शाखा कार्यालय बर्दिबासको आयोजनामा भएको उक्त कार्यक्रम केन्द्र नम्बर ११६ की सदस्य लक्ष्मी कुमारी भुजेलको अध्यक्षता तथा बर्दिबास क्षेत्रीय कार्यालयका प्रबन्धक जितेन्द्र मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
गौरिडाडा स्थित उद्योग बाणिज्य सभाहलमा भएको गोष्ठी बर्दिबास कार्यालयका प्रमुख कृष्ण प्रसाद तिमल्सिनाले संस्थाको नीति, नियम तथा विपन्न वर्गका लागि लघुबित्तको माध्यमबाट प्रदान गरिने वित्तीय सेवा, कर्जा तथा बचत सुविधाका विषयमा प्रष्ट पारेका थिए ।
लघुबित्त संस्थाले विपन्न समुदायको आर्थिक उत्थानमा खेलेको भूमिकाबारे पनि उनले प्रकाश पारे ।
कार्यक्रमका सहजकर्ता रेशम बास्तोलाले वर्तमान वित्तीय चुनौतीहरू, लघुबित्त संस्थामाथिका गतिविधिहरू र त्यसका प्रभावहरूका साथै वित्तीय आवश्यकता, कर्जा तथा बचत व्यवस्थापनको महत्वबारे प्रशिक्षण दिएका थिए ।
क्षेत्रका केन्द्रहरूका सदस्य तथा अभिभावकसहित १०० भन्दा बढी सहभागीता रहेको कार्यक्रमको सञ्चालन बर्दिबास कार्यालयका कर्मचारी बालकृष्ण दाहालले गरेका थिए ।
स्वाबलम्बन लघुबित्त बित्तीय संस्थाले महोत्तरी जिल्लामा वि.सं. २०५३ सालदेखि वित्तीय सेवा प्रदान गरिरहेको छ ।