TodayPati

रौतहटमा ठगी गर्ने भारतीय महिलाको गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।

रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले सोझा–सिधा व्यक्तिहरूलाई प्रलोभनमा नपर्न सचेत गराएको हो।

भारतीय ४–५ जनाको महिला समूहले गौर नगरक्षेत्रका महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको पाइएको छ।

Sponsored

उनीहरूले चाँदीको पायल दिएर एक दिनपछि पायलसँगै राइस कुकर दिने, चाँदीको बिच्छिया दिएर एक दिनपछि बिच्छियासहित पितलको कमण्डलु दिने, र सुनको मंगलसूत्रसँग अन्य गहना दिएर एक दिनपछि गरगहना र नगद ५० हजार रुपैयाँसहित फ्रिज दिने भनी ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ।

प्रलोभनमा पार्ने यस्ता गिरोह देखिएमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा फोन गरेर जानकारी दिन प्रहरीको आग्रह छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *