TodayPati

जनकपुरधाम उपमहानगर कार्यालयमा नगरप्रहरीद्वारा सेवाग्राहीमाथि कुटपिट

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन् ।

जनकपुरधाम ९, थापाचोकका कौशल किशोर साह कर तिर्न कार्यालयमा जाँदा नगरप्रहरी नितीश रायले उनलाई कोठामा थुनेर शारीरिक आक्रमण गरेको आरोप छ ।

Sponsored

पीडित साहले नगरप्रहरी रायले आफूमाथि हात, मुक्काले गाला, टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेको दुखेसो पोखे ।

यस घटनापछि वडा नम्बर ९ का वडाध्यक्ष प्रमेश्वर साहले घटनामा संलग्न नगरप्रहरीमाथि कारबाहीका लागि पहल गरिरहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *