TodayPati

महोत्तरीमा खेतको बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते

बाबू प्रेम यदुवंशी-
जनकपुरधाम, कार्तिक २ गते ।

महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन खेतमा लगाइएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्।

गौशाला नगरपालिका-३ पचाननटोलका बिनोद महतोले लगाएको विद्युतीय बारमा करेन्ट प्रवाहित नाङ्गो तारको कारण १४ वर्षीया करिना महतोको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

Sponsored

करिनालाई करेन्ट लागेको देखेपछि बचाउन गएकी १८ वर्षीया राधा कुमारी महतो र १४ वर्षीया विभा कुमारी महतो पनि घाइते भएको स्थानीयले जनाएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटना बिहान साढे ७ बजेतिर खेतमा काम गर्न गएको बेला भएको हो। घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *