TodayPati

वीरगन्जका एक युवक बारामा मृत फेला

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १ गते ।

चार दिनदेखि बेपत्ता पर्साको वीरगन्जका एक युवक बारामा मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बाराको प्रसौनी गाउँपालिकामा गण्डक नहरको किनारमा भेटिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सोनार असोज २७ गतेदेखि वीरगन्जबाट बेपत्ता भएका थिए। खोजीकार्यका क्रममा आज बिहान उनको शव फेला परेको हो। गण्डक नहरको त्रिवेणी पुल नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए, जसको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

Sponsored

बारा प्रहरीले सोनारको शवलाई पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *