TodayPati

सिरहामा गौमन सर्पले डँस्दा एक युवतीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

सिरहामा सर्पले डँस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् ।

राति सुतेको बेला १२ बजे उनलाई गौमन सर्पले टोकेको थियो । उपचार गराउन नलगी गाउँकै धामीझाँक्री कहाँ लगेको थियो ।

Sponsored

झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
आफन्तका अनुसार राति नै घरको दुलोमा पसेको गौमन सर्पलाई निकालेर स्थानीयले मारेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *