TodayPati

भीषण आन्दोलन गर्ने उपेन्द्रको चेतावनी

टुडेपाटी-
जनकपुरधाम, भदौ १५ गते ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास गरिए मुलुकलाई भीषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन ।

जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित गराएको समानुपातिक समाबेशी प्रणालीलाई समाप्त पार्ने षड्यन्त्र गरिए जसपाले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।

Sponsored

समानुपातिक समाबेशी प्रणालीले बिभेदमा परेका समुदाय बर्गको पहुँच शासन सत्तामा पुगेको उल्लेख गर्दै अध्यक्ष यादवले शासन सत्तामा उपेक्षित बर्गको पहुँच ठुला दलहरूले पचाउन नसकेर षडयन्त्र गर्न थालेको आरोप लगाए ।
जसपा नेपालको आधारभुत संगठन निर्माण अभियान आन्दोलनको पहिलो खुड्किलो रहेको उल्लेख गर्दै अध्यक्ष यादवले दोश्रो चरणमा वडा देखि प्रदेश सम्मको अधिबेशन सकेर तेस्रो चरणमा आन्दोलनको शंखनाद हुने उद्घोष गर्नु भयो ।

शोषित पीडित बर्ग अझै अधिकार सम्पन्न हुन नस्केको उल्लेख गर्दै अध्यक्ष यादवले आन्दोलनको विकल्प नरहेको बताउनु भयो ।
एक फरक प्रसंगमा अध्यक्ष यादवले नेपाली कांग्रेस र कम्युनिष्टले देशको कयापलट गर्छु भन्नू हस्यास्पद रहेको बताउदै कांग्रेस र कम्युनिष्ट मिलेरै देशलाई खोक्रो बनाएको आरोप लगाए ।

बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *