TodayPati

जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन बन्दै

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

पुरानो भवन जीर्ण  भएपछि जिल्ला प्रशासन कार्यालयको नयाँ भवन बन्न लागेको छ । नेपाल सरकारको गृहमन्त्रालयको आर्थिक लगानीमा बन्ने नयाँ भवनको  गृहमन्त्री रमेश लेखकले शिलान्यास गरेका हुन् ।

सो भवनको निर्माण ठेक्का जनकपुरधामको सावित्रि निर्माण सेवा समितिले ५ करोड ४७ लाख २९ हजार ४ सय ४७ रुपैयाँ ६५ पैसामा पाएको छ ।

Sponsored

संघीय कार्यान्वयन ईकाई धनुषाको प्राविधिक सुपरीवेक्षणमा निर्माण हुने जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासनिक भवनको निर्माण २०८३ साल असार २८ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख रहेको छ । 

नयाँ बन्ने भवन भूई तल्ला सहित तीन तल्लाको रहने भएको छ । भवन अपाङ्ग मैत्री, बालमैत्रीको साथै सेवाग्राहीका लागि आराम कक्ष, स्तनपान कक्षको निर्माण हुने संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासनिक भवन आर सी सी स्ट्रक्चरमा निर्माण हुनुका साथै भवन १ हजार ५ सय २ दशमलव १७ वर्ग मिटरमा फैलिने भएको छ भने यसले चर्चेको क्षेत्रफल ५२८.७८ मिटरको रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको वर्तमान भवन जीर्ण भएको छ ।  सुविधा सम्पन्न भवनको निर्माण भएपछि सेवाग्राहीका साथै कर्मचारीहरु लाभान्वित हुने विश्वास गरिईएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *