TodayPati

मधेश सरकारले कमला पुल बनाउने सहमतिगरेपछि आमरण अनशन स्थगित

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै जारी आमरण अनशन स्थगित भएको छ । मधेश प्रदेश सरकार र नयाँ कमला पुल निर्माण संघर्ष समितिबीच चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

वार्तामा दुबै पक्षले नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गर्ने सहमति गरेका छन्। सहमतिमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने उल्लेख छ। यदि संघ सरकारबाट बजेट उपलब्ध नभएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै स्रोतबाट व्यवस्थापन गरिने उल्लेख छ ।

Sponsored

पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने पनि सहमतिमा उल्लेख छ। यस सहमतिपछि संघर्ष समितिले आफ्ना सबै कार्यक्रमहरू आजैबाट स्थगित गरेको छ।

सहमति पत्रमा मुख्यमन्त्री सतिश कुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन्।
गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जनाले मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन सुरु गरेका थिए । जसको एक मात्र माग कमला पुलको निर्माण कार्य यथाशीघ्र सुरु गर्नु थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *