TodayPati

तनहुमा भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु, १६ जना घाइते

टुडेपाटी

जनकपुरधाम, भदौ ७ गते ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको छ।

सशस्त्र प्रहरीका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ। पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको हो। बस नदी किनारमा अड्किएको छ।

दुर्घटनामा ठूलो हताहती भएको प्रहरीले जनाएको छ। तनहुँका डीएसपी दीपक कुमार रायले उद्दार कार्य जारी रहेको र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताएका छन्। बसमा चालक, सहचालकसहित ४३ जना सवार थिए।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली खटाइएको छ।

घटनास्थल भिरालो र कठिन भएकाले उद्धारकर्ताहरू डोरीको सहायताले बससम्म पुगेर उद्धार कार्यमा संलग्न छन्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *