TodayPati

सप्तरीको धान खेतमा मुन्सीको शव फेला

शुभ नारायण यादव-
सप्तरी , साउन २२ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षिय पवनकुमार कर्ण छन् ।

आज बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ।

Sponsored

कर्ण घटनास्थलनजिकै रहेको निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आएका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *