TodayPati

मधेश सरकरा विस्तार: अहिलेसम्मके ठूलो -२० सदस्य मन्त्री मण्डल

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

जनमत नेतृत्को मधेश प्रदेश सरकारमा पाँच राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले काँग्रेसबाट २, एमाले, जनमत र लोसपाबाट एक एक राज्यमन्त्री मंगलबार नियुक्त गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक, लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् ।

Sponsored

उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ ।

मधेशमा ११ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २ मन्त्री र २ राज्यमन्त्री, एमालेबाट ४ मन्त्री र तीन राज्यमन्त्री, काँग्रेसबाट ४ मन्त्री र दुई राज्यमन्त्री र लोसपाले एक मन्त्री र एक राज्यमन्त्री छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *