TodayPati

महोत्तरीमा युवकलाई गोली प्रहार गरी सिक्री लुट्ने दुईजना जेलबाट छुटेका अपराधी

टुडेपाटी-
जनकपुरधाम, असार २० गते ।

महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका  ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।

Sponsored

गत जेठ २८ गते गौशाला नगरपालिका ५  मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने बिनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री  लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोलि र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

दुबैजनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । दुबैजना जेलाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

दुबैजना  १. प्र.२-००९२८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।  उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

Sponsored

घटना पश्चात् शशि शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका ६ रतौली स्थित खेत्तमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेका शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ ।
आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए ।

शशीशंकर र आशिषसहित लुटपाटका विभिन्न अपराधीक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *