TodayPati

असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादव जेल चलान

टुडेपाटी

जनकपुरधाम, असार १९ गते ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादव पुर्पक्षको लागि जेल चलान भएका छन् ।

Sponsored

जिल्ला अदालत महोत्तरीले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलाशले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा ५ हज धरौटी राख्ने आदेश दिएको श्रस्तेदार नुतन झाले जानकारी दिइन् ।

लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेश गरिएको थियो । असई विकको हत्या आरोपमा पूर्व सांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो।

Sponsored

सोमबारदेखि उनको पक्षविपक्षमा थुनछेक बहस भएको थियो ।
उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *