TodayPati

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार २० गते ।

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषाको धनौजी गाउँपालिका ५ बअुहर्वाका कलिम खानका छोरी अजमेरी खातुन, हलिम खानकी छोरी जिनत खातुन र अब्दुल खानकी छोरी मुस्कान खातुन छन् ।

उनीहरु सबै १० देखि १२ वर्ष उमेर समूहका रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
डिएसपी अवाका अनुसार आज दिउँसो सवा १२ बजेतिर घोंघाउन पोखरीमा बालिकाहरुलाई डुबिरहेको अवस्थामा स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा एकजनाको बाटोमै र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

Sponsored

वडा नं. ५ का अध्यक्ष याकुव कवारीका अनुसा चारजना बालिका नुहाउन पसेका थिए । हामफालेपछि तीनजनालाई डुबेको देखेपछि ती बालिकाले स्थानीयलाई गुहारेका थिए । युवाहरु तत्कालै हामफालेर सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *