TodayPati

‘यौन पेशामा संलग्न व्यक्तिको अधिकार र सुरक्षा कानुनी रुपमा सुनिश्चित हुनुपर्नेमा जोड’

टुडेपाटी
जनकपुरधाम, असार ८ गते ।

यौन पेशामा संलग्न व्यक्तिको अधिकार र सुरक्षा कानुनी रुपमा सुनिश्चित हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

जनकपुरमा भएको यौन पेशामा संलग्न व्यक्तिको अधिकार सम्बन्धि स्थानीय तहमा छलफल कार्यक्रमा वक्ताहरुले यस्तो बताएका हुन् ।

Sponsored

वाध्यता वा स्वेच्छाले यौन पेशामा लागेकाहरुको लागि पेशा गर्न छुट्टै स्थान छुट्याएर सुरक्षित वातावरण तयार गर्ने गरी कानुनी प्रावधान बनाउन वक्ताहरुले आ-आफ्नो सुझाव दिएका छन् । वक्ताहरुले उनीहरुको पेशागत सुरक्षा दिन पनि जोड दिएका हुन् ।

अधिवक्ता नविन श्रेष्ठले देशमा ७० हजार बढी यौन व्यवसायी रहेको बताउँदै उनीहरुको अवस्था र विद्यमान कानुनको बारेमा स्पस्ट पारेका थिए ।
महिला कानुन र न्यायमञ्च लगायतको संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा अधिवक्ता राजकुमार महासेठ लगायतले आ -आफ्नो धारणा राखेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *