TodayPati

मधेश सरकारको अनियमित रकमान्तर विषयमा छानबिन समितिले बुझायो प्रतिवेदन

टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।

मधेश सरकारको अनियमित रकमान्तरको विषयमा गठित विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । लोसपाका दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानविन समितिले सभामुख रामचन्द्र मण्डललाई आइतबार प्रतिवेदन बुझाएको हो ।

सभामुखलाई प्रतिवेदन बुझाउँदै प्रदेशसभा बैठकमा टेवलको लागि समय मिलाई दिन सभामुख मण्डललाई आग्रह गरेको समितिका सभापति महतोले बताए ।
तत्कालीन जसपाको सरोजकुमार यादव नेतृत्वको मधेश सरकारको अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७९।०८० को असार मसान्तमा ठूलो मात्रामा भएको अनियमित रकमान्तर विषयमा एमालेको माग अनुसार २६ असार २०८० मा प्रदेशसभाले विशेष संसदीय छानबिन समिति बनाएको थियो ।

Sponsored

मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद राखेर बनाएको समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समय दिएको थियो । तत्कालिन बखत जसपाका संजयकुमार यादव अर्थमन्त्री थिए । तर, सरकारबाट प्रभावित भएका कारण समितिले दुई महिनामा प्रतिवेदन बुझाउन नसकेको र एकवर्षपछि मात्र बुझाइएको स्रोतले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *