TodayPati

धनुषाको सतलोक आश्रममा २१ जोडीको सामूहिक विवाह

टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।

धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजो मुक्त एवं अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।

धनुषाको मिथिला नगरपालिका -२ बेलाचापी स्थित सन्त रापालको सतलोक आश्रममा ६२७ औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।

Sponsored

गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए ।

विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
यस वर्षपनि कबीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको पकट दिवसमा मधेशकम मुख्यमन्त्री सतिस कुमार सिंह, सभामुख रामचन्द्र मण्डल  लगायत सहभागी भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *