TodayPati

पानी माग्दै जनकपुरमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन

टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।

खाने पानी माग्द‌ै जनकपुरधाममा प्रदर्शन भएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले सरकार पानी देऊ, चुरे दोहन बन्द गर, खोलाको अवेध उत्खनन बन्द गर लगायत नारा लेखिएको घैँटा, प्लेकार्ड सहित जनकपुरमा शुक्रबार प्रदर्शन गरेका हुन् ।

जनकचोकदेखि प्रदर्शन गर्दै उनीहरु मुख्यमन्त्री कार्यालय अगाडिसम्म पुगेका थिए । उनीहरुले १२ बुँदे मागसहित मधेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

Sponsored

दिलीप महतोलाई प्रथम पर्यावरण सहिद घोषा, चेरेको अवैध दोहन बन्द, संघीय सरकारद्वारा ल्याईएका ढुङ्गा, गिटी र बालुवा विदेश निकासी गर्ने विद्येयक तत्काल खारेज गर्नुपर्ने, मधेशलाई सुखा ग्रष्त क्षेत्र घोष्णा गरी, डढेलो नियन्त्रण तथा खुल्ला चरिचरण बन्द गर्नु पर्ने लगायतको १२ बुँदे चुरे संरक्षण अभियान नेपालको माग छ ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल संयोजक सुनिल यादवले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्ने मागहरु पूरा गर्न प्रयास गर्ने आश्वासन दिए ।

ज्ञापनपत्र बुझाउने चुरे वचाउ अभियन्ताहरुले सप्तरीको भरदहदेखि पद यात्रा गरी काठमाडौं गएर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *