TodayPati

सर्लाहीमा टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरी गर्ने दाईको मृत्यु,भाई घाइते

टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका(१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेको प्रहरीले जनाएको छ ।

Sponsored

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका(५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए ।

दुबैजनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो । उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेको छ ।

मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको र अवस्थ सामान्य रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *