TodayPati

जनकपुर एयरपोर्टको धावनमार्गमा स्याल कुदेपछि उड्नै लागेको जहाज रोकियो

टुडेपाटी-
जनकपुरधाम, असार ३ गते ।

जनकपुरधाम विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको बुद्ध एयरको जहाज अकस्मात रोकिएको छ ।

जनकपुरबाट काठमाडौ आउन लागेको बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसके स्याल देखेपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार स्यालदेखेपछि तत्कालै टेकअफ तत्कालै बन्द गरिएको थियो ।
यो घटना सोमबार बिहान करिब १० बजेको हो ।

Sponsored

स्याल भागेपछि पुनः सुरक्षित रुपमा जहाज काठमाडौंका लागि उडेको हो । सो समयमा विमानस्थल प्रमुख भीमदत्त पन्त आफैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को ड्युटीमा थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *