TodayPati

भारतमा  दुई वटा रेल ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी

जनकपुरधाम, असार ३ गते ।

भारतको पश्चिम बंगालको जलपाइगुडीम रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे पश्चिम बंगालको रंगापानी र नयाँ जलपाइगुडी स्टेसनको बीचमा दुई वटा रेल आपसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अगरतलाबाट सियालदह जाने क्रममा रोकिइराखेको कंचनजंघा एक्सप्रेसको यात्रुवाहक रेलमा मालवाहक रेल ठक्कर खाएको अधिकारीहरुले जनाएका छन् । घटनामा करिब ४१ जना घाइते भएका छन् । उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Sponsored

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । मालबाहक रेलले ठक्कर दिएपछि कंचनजंघा एक्सप्रेसका तीन वटा डब्बा ट्रयाकबाहिर गएका थिए । राज्यका रेलमन्त्री अश्विनी वैश्नवले घटनास्थलमा आपतकालीन सेवा विभागका कर्मचारीलाई खटाइएको जनाएका छन् । त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “भारतमा  दुई वटा रेल ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • June 17, 2024 at 9:07 pm
    Permalink

    Ram Sinhasan Sah

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *