TodayPati

श्रीमतीको हत्या आरोपमा रौतहटबाट श्रीमान पक्राउ

टुडेपाटी
जनकपुरधाम, असार ४ गते ।

श्रीमतीको हत्या आरोपमा रौतहटबाट श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलम छन् ।
गत जेठ ३२ गते उनकी श्रीमती ३७ वर्षकी नजाबुन नेसाको हत्या भएको थियो । अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *