TodayPati

मधेश प्रदेशः तीन लाख बराबरको पटाका बरामद

टुडेपाटी–
सिरहा, कार्तिक १४ गते ।

सिरहा प्रहरीले तीन लाख बराबरको पटाका बरामद गरेको छ ।

मंगलबार करिब सावा ३ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. ११ छपराडी लोकमार्ग स्थित बाटो छेउमा ५ वटा बोरा बेवारिसे अवस्थामा रहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

प्रहरीले बरामद गरेको कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेकोमा सो पटाका अन्दाजी तीन लाख बराबरको रहेको प्रवक्ता रबिन्द्र राज पाण्डेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *