धनुषाको बटेश्वरमा चारदिवसीय महावीर झण्डा मेला सुरु
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।
धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन टोलमा मंगलबारदेखि महावीर झण्डा मेला प्रारम्भ भएको छ । मंगलबार बिहान झण्डै ६ सयको संख्यामा कलससहितको शोभा यात्रा गर्दै श्री श्री १०८ श्री महावीर झण्डा ठड्याइएको हो । झण्डा ठड्याएसंगै चारदीवसीय मेलाको विधिवत सुरुवात भएको हो ।
कलश तथा शोभा यात्रामा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतो, वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतो, एकीकृत समाजवादी पार्टीकी नेतृ ववी महतो लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि,गंगोत्री बोर्डिंग स्कुलका संचालक गाणेश साह, समाजसेवी, वुद्धिजिवी युवा, महिला लगायत एक हजारौंको सहभागिता रहेको थियो ।
मेलामा मंगलवारदेखि नाचगानसहितका सांस्कृतिक कार्यक्रमसहितको खेलतामासा रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष रामनाथ महतोले बताए ।
स्थानीय रामबहादुर महतोको पहलमा लगाएको झण्डा मेलामा गाउँसमाजले चन्दा संकलन गरी लगाएको छ । जसमा वडाध्यक्ष विजयकुमार महतोको विशेष सहयोग रहेको छ भने मेला व्यवस्थापनका लागि गाउँसमाजका तर्फबाट रामनाथ महतो अध्यक्ष रहने गरी समिति बनाइएको छ । समितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।
Sponsored