बटेश्वरको स्वास्थ्यचौकीमा निःशुल्क आँखा शिविर सम्पन्न, १३० जनाको उपचार
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१ स्वास्थ्यचौकीमा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको जनकपुरको आँखा अस्पताल जनकपुरको आयोजना तथा फ्रेड होलोज फाउण्डेशनको सहयोग एवं स्वास्थ्यचोकीको समन्वयमा शिविर सम्पन्न भएको हो ।
शिविरमा एकसय ३० जना आँखाका बिरामीले चेकजाँच तथा उपचार गराएका छन् । जसमा ४० जना मोतियाबिनका बिरामी फेला परेको शिविरको संयोजन गर्ने स्थानीय समेत रहेका सञ्चारकर्मी फुलगेन मगहीले जानकारी दिए ।
शिविरमा जानकी आँखा अस्पतालका चिकित्सक अरुण महतोको नेतृत्वको टोलिले आँखाजाँच तथा उपचार गरेका थिए । मोतियाबिनका बिरामी फेला परेकाहरुलाई जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।
शिविरमा स्वास्थ्यचोकीका स्वास्थ्यकर्मी अमरेश महतो, रमेश महतो, पुजाकुमारी सिंह लगायत वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतो, स्थानीय काँग्रेस नेता रामउदगार महतो लगायतले सहयोग गरेका थिए ।
Sponsored