TodayPati

ध्वनि प्रदुषण नियन्त्रण गर्न ठुला सवारीबाट प्रेशर हर्न निकाल्दै धनुषा ट्राफिक


टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

ध्वनि प्रदुषण नियन्त्रण गर्ने उदेश्यले धनुषा ट्राफिक प्रहरीले ठुला सवारीहरुबाट प्रेशर हर्न निकाल्ने अभियान थालेको छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा ध्वनि प्रदुषण नियन्त्रण गर्ने ३ दिने अभियान अन्तर्गत धनुषामा समेत अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरुले बिभिन्न स्थानमा ठुला सवारी साधनहरुको प्रेशर हर्न चेक चाँज गरी कारवाही गर्दै प्रेशर हर्न निकाली सवारी चालकहरुलाई प्रेशर हर्न प्रयोग नगर्न सम्झाई बुझाई गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *