TodayPati

जनकपुमा मृत भेटिएका युवकको मोबाइलको सामान्य विवादमा हत्या भएको खुलासा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डल छन् । उनीहरुलाई जिल्ला पन्तको प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

Sponsored

गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो । घटनास्थलको अनुसन्धान डग टोलीसहित परिचालन गरि गरिएको थियो ।

तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि दुवैजना साथी मिलेर प्रहार गरि धान खेतमा फालेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

उजीहरु बुधबार टेम्पो चढ़ी जटही हुदै भारतको पारी बजारमा गई लागु औषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिन्डा पे-पदार्थमा मिसाई सेवन गरेका थिए ।

Sponsored

पुनः जनकपुर आई सोही राति साढे ९ बजे जनकपुरधाम उप-महानगरपालिका वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटको बिषयमा वाद-विवाद हुँदा हरिचन मण्डलले बासको गोलो भाटाले मृतक रुपेशको टाउको लगायत पिठ्युको भागमा प्रहार गरी फालेको प्रहरीले जनाएको छ । पवन सहनीले निज हरिचन मण्डललाई सहयोग गरेको खुलेको छ । दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *