TodayPati

अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन आज पहिलो पटक नेपाली नर्समा देखियो कोरोना भाइरस

टुडेपाटी-
कपिलवस्तु, वैशाख ३० गते ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन आज नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए ।

कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् । तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् ।

Sponsored

संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *