TodayPati

बीरगंजका ४ जना पत्रकारमा पनि कोरोना पुष्टि, संक्रमितको संख्या बढ्ने अनुमान

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३० गते ।

पर्सामा फेला परेका कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । ‘३९ मध्ये अरु पत्रकार हुन् वा होइन भन्ने हामी खोजी गरिरहेका छौँ, उनले भने । 

उनका अनुसार मंगलबार कोरोना पोजिटिभ देखिएकामध्ये १४ जना ग्रामीण क्षेत्रका छन् भने १४ जना वीरगन्ज नगरका छन्। 

Sponsored

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

वीरगंजमा प्रहरीले बिना कारण नयाँ पत्रिकाका पर्सा समाचारदाता तिवारी यादवलाई नियन्त्रणमा लिइ कुटपिट गरेको विरोधमा पत्रकारहरुसँगै बसेर आन्दोलन गरेकाले संक्रमण अझै फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *