TodayPati

प्रदेश २ : ७२ जनामा कोरोना संक्रमण पुष्टि, पर्सामा मात्रै ६४ जना संक्रमित

टुडेपाटी-

जनकपुरधाम, वैशाख ३० गते ।

सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला मंगलबार एकैपटक ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पर्साका ३९ र बाराका १ जना रहेका छन् । 

Sponsored

 जिल्ला प्रशासन कार्यलय पर्साका अनुसार आज थपिएका संक्रमितमा वीरगन्ज महानगरपालिकास्थित वडा नम्बर १, २ र ३ तथा छिपहरमाई गाउँपालिकाका स्थानीयबासी रहेका छन् । 

 यस्तै त्यस्तै बाराका संक्रमित विश्रामपुर गाउँपालिका वडा नम्बर ३ का हुन् । बाराका संक्रमित १४ वर्षीय किशोर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।

योसंगै प्रदेश नम्बर २ मा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६४, बारामा ३, रौतहट ३, सर्लाहीमा १ र सप्तरी १ गरी जम्मा अहिलेसम्म ७२ जनामा कारोना संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले बताए ।

Sponsored

देशभर संक्रमितको संख्या १९१ पुगेको छ । जसमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *