TodayPati

धोती, कुर्ता र सारी पहिरणमा युवायुवतीले गरे जानकी मन्दिरको परिक्रमा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३ गते ।

मिथिलाको परम्परागत पहिरनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोती, कुर्ता, र सारी पहिरणसहित प्रर्दशन गरिएको छ । पछिल्लो समय युवाहरूमा मिथिलाको परम्परागत पोशाकप्रति घट्दै गएको आकर्षणलाई पुनर्जीवित गर्न प्रदर्शन गरिएको हो ।

धोती, कुर्ता, र सारी लगाएका सयभन्दा बढी युवा–युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।
मिथिलाको संस्कृति र वस्त्रहरूलाई जोगाउने जिम्मा युवाहरूले लिनुपर्ने आवश्यकता औंल्याउँदै, यो जुलुसलाई अभियानकै रूपमा अघि बढाइरहेको परिक्रममा सहभागी सुमित जलानले बताए ।

Sponsored

धोती–कुर्ता तथा सारी जुलुस अभियानको नेतृत्व गरिरहेका मोहन महतो कोइरीले यो अभियान आफूले सात वर्षदेखि सञ्चालन गर्दै आइरहेको बताए । यसपटक यो अभियानलाई प्रत्येक छठ घाटसम्म पु¥याउने योजना रहेको बताउँदै उनले भने ‘मिथिलाको महान् पर्व छठको अवसरमा धोती–कुर्ता लगाएर घाटमा जान सबैलाई आग्रह गर्दछु’

जुलुसमा सहभागी विनिता महतोले आधुनिकताले युवतीहरूमा सारी लगाउने शैलीमा प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले युवतीहरूलाई पुर्खाहरूले जस्तै परम्परागत तरिकाले सारी लगाउन आग्रह पनि गरिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *