TodayPati

नेपालमा एकैपटक ५७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १ सय ९१ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३० गते ।

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ३९, कपिलवस्तु जिल्लाका ८, रुपन्देहीका ९ र बाराका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ती सबैजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

Sponsored

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । जसमध्ये प्रदेश २ मा मात्र संक्रमितको संख्या ७२ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *