TodayPati

NYEF जनकपुरको नयाँ कार्यसमिति चयन, अध्यक्ष बने डा. सोनु साह

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ) जनकपुरको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरमा शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा रोहन गुप्ता र अमित झा चयन भएका छन् । यस्तै सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार साह, रविन्द्र प्रकाश साह, संजु नायक, मधुकर साह र एमडी रहमान रहेका छन् । त्यसै गरि १० जना साधारण सदस्यहरु समेत चयन भएका छन् ।

Sponsored

४० वर्ष मुनिका उदाहरणीय युवा उद्यमीहरुको यो संस्थाको देशै भरिमा १२ च्याप्टर रहेको छ । युवा उद्यमी तथा उद्यमशिलता विकासका लागि काम गर्दै आएको मञ्चका केन्द्रि अध्यक्ष रितेश लामिक्षाने तथा प्रथम उपाध्यक्ष साहारा जोशीले बताए ।

साधारणसभा निवर्तमान अध्यक्ष रुपा महतोको अध्यक्षता तथा जनकपुर उद्योग बाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले युवा उद्यमीहरु अव कृषि र पर्यटन तर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

Sponsored

कार्यक्रममा पुर्व अध्यक्ष आशिष महतो लगायतका वक्ताले मन्तव्य राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *