देशभर २१ हजारभन्दा बढी मिटरब्याजी विरुद्ध उजुरी
टुडेपाटी-
जनकपुरधाम ।
मिटरब्याजीविरुद्ध देशैभरीबाट २१ हजार भन्दा बढी उजुरी परेको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मिटरब्याजबाट पीडितहरूले २७ दिनमा सुदखोर साहुहरुविरुद्ध आयोगमा २१ हजार ५ सय ४८ उजुरी दर्ता गराएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएर स्थानीय साहुबाट लिएको ऋण बापत घरजग्गा हड्पनेदेखि लिएर मानसिक रूपमा यातना दिन थालेपछि अनुसन्धान र कारबाहीको लागि सरकारले आयोग गठन गरेको थियो ।
समस्या समाधान गर्न जाँचबुझ आयोगमार्फत उजुरी माग गर्दा बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म मिटरब्याज साहुविरुद्ध ठुलो सङ्ख्यामा उजुरी परेको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मधेश प्रदेशको आठ जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको हो ।
Sponsored
उनका अनुसार मधेश प्रदेशको आठ जिल्लाबाट १७ हजार ८ सय ५६ उजुरी परेको हो ।
त्यस्तै कोशी प्रदेशमा ३७७, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १ सय ५७ उजुरी दर्ता भएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।
पीडितहरूलाई प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमार्फत अथवा अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको थियो ।