जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
टुडेपाटी–
जनकपुरधाम, जेठ १२ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिवविरुद्ध विशेष अदालत काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय माथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले दुबैजनालाई सेवाग्राहीबाट ५० हवार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस माग गरी लिएको पुष्टि भएकाले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको हो ।
Sponsored