TodayPati

मधेश प्रदेश : करेन्ट लागेर विद्यार्थीको मृत्यु भएपछि छानबिनको माग गर्दै प्रदर्शन

नारायण यादव–
राजविराज, जेठ १२ गते ।

सप्तरीको राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयले छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।

विद्यालयद्धारा आयोजित हाउस वाईज क्रिकेट टुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका वडा नं. १ झुटकी बस्ने १५ वर्षीय राजा भनिने तेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो ।

Sponsored

यस घटना पश्चात मृतकका आफन्त तथा विद्यार्थीहरुले विद्यालयको लापरबाहीले गर्दा सो घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

उनिहरुले सो घटनाको वास्तविक छानविन गरि दोषीमाथि आवश्यक कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको स्थानीय युवा नेता दिप्पु यादव बेदर्दिले जानकारी दिए ।

आफुहरुको जायज माग पूरा नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरुले बताएका छन ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *