TodayPati

मधेश प्रदेश : करेन्ट लागेर विद्यार्थीको मृत्यु

टुडेपाटी–
सप्तरी, जेठ १२ गते ।

सप्तरीमा निजी स्कुलमा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत एक विद्यार्थीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

Sponsored

कक्षा १० मा अध्ययरत राजगढ गाउँपालिका– १ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेसलानन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार शुक्रबार विद्यालयले नियमित रूपमा आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।

हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।

Sponsored

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको भन्दै यस घटनाबारे अनुसन्धान भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *