TodayPati

रेशम चौधरीलाई आममाफी आममाफी दिन बढाएको प्रक्रिया रोक्न जनमोर्चाको माग

टुडेपाटी-
जनकपूरधाम, जेठ १२ गते ।

राष्ट्रिय जनमोर्चाले टिकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ ।

सर्वोच्च अदालतले चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिन लागेको भन्दै पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

Sponsored

आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक सौदाबाजी मात्र भएको अध्यक्ष केसीको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ,‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *