मधेश प्रदेश : करेन्ट लागेर एकजनाको मृत्यु, दुईजना घाइते
टुडेपाटी–
जनकपुरधाम, जेठ ९ गते ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
यस्तै, दुईजना घाइते भएको प्रहरीले जनाएका छन् ।
मंगलबार बिहान करिब साढे ९ बजेको समयमा महादेवा गाउँपालिका ६ ढिक्कली टोल बस्ने २५ वर्षीय जवाहर मण्डले आफनै घरको जस्ता छाउने क्रममा करेन्ट लागेकोमा उनको काका ५१ वर्षीय उमेश मण्डल छुटाउन जाँदा दुबै जनालाई करेन्ट लागेको थियो ।
उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजबिराजमा जबाहर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, उमेशको उपचार भईरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Sponsored
यस्तै, मंगलबार नै रुपनि गाउँपालिका ६ बिरेन्द्र बाजार बस्ने ३२ वर्षीय कुमार थापालाई आफ्नै बाँस घारीमा बाँस काट्ने क्रममा बाँस बिजुलिको तारमा छुन गएपछि करेन्ट लागेर घाइते भएको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएका छन् ।