TodayPati

मधेश प्रदेश : पौने ३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

टुडेपाटी–
सर्लाही, जेठ ९ गते ।

सर्लाही प्रहरीले स्रोत नखुलेको पौने ३ लाख रुपैयाँसहित मलङ्गवाबाट एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।

भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना सोनवर्षा ग्राम पञ्चायत वडा नं. ५ बस्ने २२ वर्षीय कालु पासवानलाई भारतबाट अवैध रुपले नगद रुपियाँ नेपाल ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

पासवानलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडि चेकजाँच गर्ने क्रममा उनको साथबाट दुई लाख ७० रुपियाँ नेपाली नगद फेला पारेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

अवैध रकमसहित पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *